नवलपरासीमा अपाङ्ग महिलाहरुको लागी सिपमुलक तालिम सम्पन्न - Butwal Online

नवलपरासी, ३० जेठ 

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६मा गाउपालिका अन्तर्गत महिला तथा अपाङ्ग महिलाहरुलाई सिप मुलक हाते कढाई तालिम आज सम्पन्न भएको छ ।


जन जागृती अपाङ्ग संस्था नवलपरासीको आयोजना तथा मुख्य मन्त्रि ग्रामीण विकाश कार्यक्रमको सहयोग तथा समन्वयमा सम्पन्न भएको हो ।
जन जागृती अपाङ्ग संस्थाका अध्यक्ष बच्चा राजभरको अध्यक्षता तथा प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय, नन्दु यादव, राजेश सिहं थापा, तौहिद लोनिया, संजय कुशवाहा, मोहन यादव लगायतहरुको उपस्थिति रहेको थियो। तालिममा प्रतापपुर गाऊपालिका करिब २२ जना महिलाहरुको सहभागिता रहेको थियो।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार