Trending
  • बाँकेमा लागुऔषध नियन्त्रणको प्रयास सफल हुन सकेन - Butwal Online
    बाँकेमा लागुऔषध नियन्त्रणको प्रयास सफल हुन सकेन
  • ३०० भन्दा बढी लागुऔषध सेवनकर्ता पक्राउ
  • नेपालगञ्ज, ३० जेठ : लागुऔषध नियन्त्रणको प्रयास बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।



    यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीहरुलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन । यो जिल्लालाई लागुऔषधमुक्त र दुव्र्यसनीलाई पुनस्र्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नाका साथै दुव्र्यसनीहरुका लागि विभिन्न सङ्घसंस्थाले पुनस्र्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ ।

    यति हुँदा पनि लागुऔषध कारोवार र सेवनकर्ताहरुको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारीहरु बताउँछन् । “बाँके जिल्लामा लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको भनाइ छ ।

    चालू आवको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेले ३०० भन्दा बढी लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

    नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनाभन्दा बढी लागुऔषध दुव्र्यसनीको पुनस्र्थापना गरेको छ । हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने युवाहरुलाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

    नेपाल पत्रकार महासङ्घ, बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेले आफ्ना स्व पिताका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । पत्रकार वाग्लेले आफ्ना दिवङ्गत पिता झगरीलाल उपाध्यायको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

    प्रेस सङ्गठन, बाँकेमा स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष बाँकेमा क्रियाशील पत्रकारहरुमध्ये दुई जनालाई पुरस्कृत गर्ने सङ्गठनका जिल्ला अध्यक्ष डक्ट धितालले बताए ।

    अक्षयकोष घोषणा तथा श्रद्धाञ्जलीसभामा नेकपा प्रदेश ५ का सदस्य अकलबहादुर बम, नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का महासचिव भेषराज बस्नेत र पत्रकार वाग्लेलगायतका वक्ताले बोल्नुभएको थियो ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार