Trending
  • प्रदेशसभा बैठक–मलखादको व्यवस्था गर्नेदेखि हावाहुरी पिडितलाई राहत उपलब्ध गराउन माग - Butwal Online

    बुटवल,३० जेठ 
    प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले खेति लगाउने समयमा कृषकलाई दलखाद र बिउ बिजनको अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।


    बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्ने अधिकांस प्रदेशसभा सदस्यहरुले खेति लगाउने समयमा सधै किशानलाई दलखाद र बिऊ बिजनकै समस्या हुने गरेको भन्दै मलखादको उचित प्रबन्ध मिलाउन माग गरे ।
    प्रदेशसभा सदस्यहरु अष्टभुजा पाठक,तुल्सी प्रसाद चौधरी,बैजनाथ कलबार,बिजयबहादुर यादवले बिगतका बैठकहरुमा मलखादको अभावबारे प्रदेशसभामा आवाज उठाएको स्मरण गराउदै प्रदेशसभा सदस्यहरुले अहिले पनि समस्या जस्ताको तस्तै रहेकोले तत्काल आवस्यक मलखादको व्यवस्था मिलाउन माग गरे ।



    प्रदेशलाई आवस्यक पर्ने मलखाद प्रदेशलेनै खरिद गर्ने र बिऊ बिजन प्रदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउन समेत माग गरे ।
    प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले गर्ने काम पार्टीको प्रमुख सचेतक र उनका निजि सचिवले गर्ने गरेको भन्दै बिरोध जनाए ।
    सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतकले फोन गरेर प्रदेशसभा सदस्यहरुसँग योजना माग गर्दा सरकार कता हराएछ भन्ने लागेको भन्दै सरकारलाई पछाडी छाडेर पार्टीको सचेतकले योजना माग्दै हिड्नु गम्भिर आपत्तिको बिषय भएको बताए ।

    प्रदेशसभा सदस्य दिपेश थारुले प्रदेशसभामा एउटै बिषय पटक÷पटक उठाउदा पनि समस्या समाधान नभएको प्रति प्रदेश सरकारको ध्यानकाकर्षण गराउदै कर्णाली नदीमा करोडौं खर्चेर पुल निर्माण भए पनि रुख कटानमा भएको ढिलाइले पुल उपयोग बिहीन भएकोले तत्काल रुख कटान गर्ने व्यवस्था मिलाउन माग गरे ।
    बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य दिनेश पन्थीले प्रदेशमा परिकल्पना गरिएको व्यवस्थापीका र कार्यपालीकाबीच समन्वय हुन नसक्दा सन्तुलन नमिलेको भन्दै कार्यपालिका र व्यवस्थापीकाबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिए ।

    बजेट कार्यान्वयन हुन अझै एक महिना भन्दा बढी समय बाँकी रहेको समयमा मुल्यबृद्धि भएको भन्दै मुल्यबृद्धि नियन्त्रण गर्ने तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
    प्रदेशसभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकामा यही जेठ १९ गते आएको आधी र हुरीले त्यस क्षेत्रका ४१ घर र ५०÷५५ वटा गोठका छाना उडाउनुका साथै बिद्यायका छाना,फर्निचर तथा कम्प्युटरमा क्षति पुगेको भन्दै प्रदेश सरकारको तर्फबाट तत्काल राहत उपलब्ध गराउन माग गरे ।

    आँधी र हुरीका कारण बिद्युतको ट्रान्सफर्मरमा क्षति हुँदा बित नौं दिन देखि त्यस क्षेत्रका जनाता अन्धकारमा बस्नुपरेको र बिद्युत आपुर्ती नहुदा खानेपानिको समेत समस्या परेको भन्दै समस्या समाधान गर्न माग गरे ।
    बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य बिजयबहादुर यादवले बाँकेको डुडवामा हालै आएको हावा हुरीले त्यहाँका ३९ वटा खरका छना भएका घर उडाइदिएको भन्दै प्रदेश सरकारले तत्काल जस्ता पाता उपलब्ध गराउन र केही समय भए पनि पिडितहरुलाई खानाको व्यवस्था मिलाउन माग गरे ।

    प्रदेशसभा सदस्य बैजनाथ कलवारले गिट्टि बालुवाको अबैध रुपमा अनियन्त्रीत उत्खनन् र ओसार पसार हुँदा समेत प्रदेश सरकार मुकदर्शक बनेको भन्दै यस्तै अबस्था रहीरहे निकट भबिस्यमा तराइका जिल्ला बाढीको चपेटामा पर्न सक्ने भन्दै अनियन्त्रीत दोहन रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

    उनले अनियन्त्रीत रुपमा भैरहेको अबैध उत्खनन् नरोकेर प्रदेश सरकारनै संस्थागत भ्रष्टाचारमा लागेकोत होइन भनि प्रश्न समेत गरे ।
    प्रदेशसभाको बैठकले प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न राय सुझाव दिन गठीत प्रदेशसभाको बिशेष समितिको प्रतिवेदन बुझाउने म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।

    आजको बैठकमा प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरे भने सभामुख पुर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण भएर आएका विधेयकहरुको बारेमा जानकारी गराएका थिए ।
    प्रदेशसभाको अर्को बैठक भोली दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार