प्रदेश ५ को स्थायी राजधानी र नामकरण सिफारिस गर्न गठित विशेष समितिको म्याद पुनः थपियो - Butwal Online

३० जेठ, बुटवल 

प्रदेश ५ को प्रदेश सभाको (विहीबार) आज बसेको बैठकले प्रदेश न ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको बिशेष समितिको म्याद पुन ६ महिना थप गर्ने निणर्य गरेको छ ।

 

प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिको पुनः म्याद थपिएपछि प्रदेशको स्थायी राजधानी र नामको विषय लम्बिनी निश्चित भएको हो ।

समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको छ ।

प्रदेशसभाको बिहीबार बसेको वैठकमा सभामुख पूर्णबहादुर घर्तीले विशेष समितिबाट ६ महिनाका लागि म्याद थप गर्न अनुरोध गरेअनुसार म्याद थप गरिएको जानकारी गराए ।

यसअघि समितिको म्याद ३ / ३  महिना गरी दुईपटकसम्म थपिएको थियो । प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित)को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार