बुद्ध मावली देवदहमा कानुन र पर्यटन विषय पढाई हुने - Butwal Online
बुद्ध मावली देवदहमा कानुन र पर्यटन विषय पढाई हुने

बुटवल, ३० जेठ । सगरमाथा आवासिय माबि रुपन्देही देवदहले आउने शैक्षिक शत्रदेखि कानुन तथा ट्राभल एण्ड टुरिजम बिषय अध्यापन गराउने भएको छ ।

आफ्नो रोजाईमा रहेका बिषय अध्ययनका लागि अन्यत्र जानुपर्ने विद्यार्थीको बाध्यतालाई अन्त्य गर्नका लागि स्थानीय स्तरमै सगरमाथाले कानुन तथा ट्राभल एण्ड टुरिजम बिषय अध्यापनको तयारी थालेको हो । बिद्यालयले बिहीवार पत्रकार सम्मेलन गरि कक्षा ११ मा सो बिषय अध्ययनको स्वीकृति प्राप्त गरेको र आउने शैक्षिक शत्रदेखि अध्यापनको तयारि पुरा गरेको जानकारी गराएको थियो ।

पहिलो बर्ष कानुन बिषयमा ८० जना विद्यार्थी भर्ना गरि अध्यापन सुरु गर्ने विद्यालयका प्राचार्य पौडेलले बताए । कानुन बिषय अध्ययनका लागि अन्य विषयकै सरह सामान्य शुल्क लाग्ने बताउदै पौडेलले विद्यार्थीको सुबिधाका लागि पुर्ण छात्राबासको ब्यवस्था समेत गरिएको जानकारी दिए ।

सगरमाथा माबि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले संस्थागत विद्यालयले कानुन र पर्यटन बिषय अध्यापनको सुरुवात गरेर रुपन्देहीमै उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गरे । उनले कानुन विषय पढ्नकै लागि टाढा जानुपर्ने झन्झटको पनि अन्त्य भएको उल्लेख गरे !

कार्यक्रममा देवदह ७ का वडाध्यक्ष पदम थापा, देवदह नगर शिक्षा समितिका अधिकृत नारायण पोखरेल, एन प्याब्सन प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, अधिवक्ता लिलाधर मरासिनी, नमुना बोर्डिङ स्कुलका प्राचार्य होमनाथ ढुङ्गाना, नेपाली काङ्ग्रेसका नेता बासुदेव रिमाल, ड्रिम देवदहका संयोजक सिद्दीचरण भट्टराई, डिल्लीराज मरासिनी लगायतले देवदह क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई ध्यान दिएर सगरमाथा माबिले नयाँ बिषय अध्यापनको सुरुवात गरेर प्रसंशनीय कार्य गरेको बताए ।

शिक्षक प्रदीप अधिकारीको संचालनमा कार्यक्रम भएको थियो । सगरमाथा माबिले यसअघि दस जोड दुईमा बिज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा संकायका बिषयहरु अध्यापन गराउदै आएको छ । बिद्यालयमा अहिले नर्सरीदेखी कक्षा १२ सम्म एक हजार ५ सय ५० विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार