Trending
  • ६ मन्त्रीको हाजिरी: संसदमा सबैभन्दा कम जाने मुख्यमन्त्री, बढि जाने मन्त्री गिरी - Butwal Online

    बुटवल, ३१ जेठ । प्रदेश नं. ५ सरकारमा ६ सदस्यीय मन्त्रीमण्डल छ । सरकारको नीति तथा कानुन निर्माण गर्ने नेताहरु संसदमा कति जान्छन भन्ने आम जनताको चासोको विषय हो । यसै बीच प्रदेश नं. ५ सरकारका ६ जना मन्त्रीहरु “माननिय” को हाजिरी बुटवल अनलाइन ले फेला पारेको छ । तेस्रो अधिबेशन सकिदा संसद बैठक ८३ पटक बसेको छ ।



    जसमा मुख्यमन्त्री शंकर पोखरेल जम्मा ३२ पटक मात्र संसदमा गएका छन् । सामान्य कार्यक्रममा व्यस्त बन्ने मन्त्रीहरु संसदमा कम मात्रामा उपस्थिती हुने गरेको गुनासो आम जनतामा भइरहदा सांसदहरु संसदमा भन्दा बढि सामान्य कार्यक्रममा व्यस्त हुने गरेको तथ्य फेला परेको छ । पहिलो अधिबेशनमा १८, दोस्रो अधिबेशनमा ८ तेस्रो अधिबेशनमा ४ गरी कुल ३२ वटा बैठकमा मात्र मुख्यमन्त्री शंकर पोख्रेल संसदमा हाजिर भएका छन् ।

    त्यसैगरी आन्तारिक मामिला मन्त्री कुल प्रसाद केसी मन्त्रीमण्डल सदस्य मध्ये संसदमा कम जाने दोस्रो “माननिय” हुन । कुल ८६ वटा बैठक मध्ये केसी जम्मा ४१ वटा बैठकमा उनी संसदमा हाजिर भएका छन् । पहिलो अधिबेशनमा १९, दोस्रो अधिबेशनमा १५ र तेस्रो अधिबेशनमा ७ गरी उनी जम्मा ४१ वटा बैठकमा संसदमा गएका हुन । नेकपाका सांसद रहेका केसी रोल्पा क्षेत्र नं. १ क का हुन । उनी गृह जिल्लाका कार्यक्रममा बढि सक्रिय छन् ।

    त्यसैगरी सामाजिक विकास मन्त्री सुदर्शन बराल तेस्रो अधिबेशन सम्म ४६ वटा बैठकमा संसदमा पुगेका छन् । बुटवलका सामान्य कार्यक्रममा समेत उपस्थित हुने बराल कतिपय समयमा हाजिर गरेर मात्र कार्यक्रममा जाने समेत गर्दथे । गुल्मी क्षेत्र नं. १ क बाट निर्वाचित मन्त्री बराल पहिलो अधिबेशनमा १७, दोस्रो अधिबेशनमा १४ र तेस्रो अधिबेशनमा १५ गरी ४६ वटा बैठकमा हाजिर भएका छन् ।

    त्यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल तेस्रो अधिबेशन सम्म जम्मा ६३ पटक संसद बैठकमा उपस्थित भएकी छन् । बाँके क्षेत्र नं. २ क बाट निर्वाचित मन्त्री गौतम तेस्रो अधिबेशनको कुल ८३ वटा बैठक मध्ये ६३ वटा बैठकमा उपस्थित भएकी हुन । उनी पहिलो अधिबेशनमा १८, दोस्रो अधिबेशनमा २० र तेस्रो अधिबेशनमा २५ पटक उपस्थित भएकी हुन ।

    त्यसैगरी भौतिक पुर्वधार पुर्वधार विकास मन्त्री बैजनाथ चौधरी तेस्रो अधिबेशन सम्म ६७ वटा बैठकमा उपस्थित भएका छन् । पहिलो अधिबेशनमा १८, दोस्रोमा २२ र तेस्रोमा २७ गरी ६७ वटा बैठकमा उनी उपस्थित भएका हुन ।

    त्यसैगरी मन्त्रीहरुमा सवै भन्दा बढि पटक संसदमा पुग्ने मन्त्री लिला गिरी हुन । रुपन्देही क्षेत्र नं. २ क बाट निर्वाचित गिरी तेस्रो अधिबेशनको ८३ वटा बैठक मध्ये ७० वटा बैठकमा उपस्थित भएका छन् । सवैभन्दा बढि सामाजिक कार्यमा सक्रिय गिरी जसरी पनि संसद बैठकमा आउने गरी कार्यक्रमको तालिका तयार बनाएर हिड्ने गर्छन । मन्त्री गिरी पहिलो अधिबेशनमा २०, दोस्रो अधिबेशनमा २६ र तेस्रो अधिबेशनमा २४ गरी ७० वटा बैठकमा उपस्थित भएका छन् ।
    हाल प्रदेश नं. ५ मा चौथो अधिबेशन चलिरहेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार