रुपन्देहीका प्रख्यात ज्योतिष ज्ञवाली भारतमा सम्मानित - Butwal Online
रुपन्देहीका प्रख्यात ज्योतिष ज्ञवाली भारतमा सम्मानित

बुटवल, ३१ जेठ । रुपन्देहीका प्रख्यात ज्योतिष गोबिन्द ज्ञवाली भारतको जयपूरमा सम्मनित भएका छन् । वैदिक ज्योतिष विज्ञान, कला संस्कति जनकल्याण एवं अनुसन्धान संस्थाद्धारा भारतको जयपूरमा आयोजित वैदिक ज्योतिष मन्थन कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

रुपन्देही जिल्ला सुद्धोधन गाउपालीका वडा नं ३ भूजौली निवासी ज्ञवाली हाल बुटवलको मिलन चोक तिनकुनेमा बस्दै आएका छन् ।ज्ञवालीसँगै चितवनका प्रेमानन्द शास्त्री पनि सम्मानित भएका छन् । निःस्वार्थ रुपमा भावनाकासाथ जनकल्याणमा जुटेका युवा ज्योतिष ज्ञवाली नेपालको तर्फबाट केन्द्रिय प्रतिनिधीको रुपमा कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा ज्योतिष एवं वास्तु सम्बन्धि आफ्नो मन्तव्य राख्दै उनले नेपाल र नेपाली सधै हिन्दु सनातन धर्म रक्षाकालागि तयार रहेको बताएका थिए । सो अवसरमा भारतका बिभिन्न प्रख्यात विद्धानहरुले सारयुक्त ज्योतिष भनाइहरु राखेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार