संसदीय दलका कार्यालयहरु उद्घाटन - Butwal Online
संसदीय दलका कार्यालयहरु उद्घाटन

बुटवल, ३१ जेठ । प्रदेश नं ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका कार्यालयहरु उद्घाटन भएका छन् ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आज दिउसो एक कार्यक्रमकाबीच संसदीय दलका कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

संसदीय दलका कार्यालयहरुको उद्घाटन गर्दै सभामुख घर्तीले कार्यालयहरु सञ्चालनमा आएपछि प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल गर्न सहज हुने बिश्वास व्यक्त गर्दै कार्यालयको भरपूर उपयोग गरेर लाभ लिन सम्बन्धित दलहरुलाई आग्रह गरे ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा,नेपाली कांग्रेस,समाजवादी पार्टी राजपाको संसदीय दलका कार्यालयहरु उद्घाटन गरिए पनि राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता तारा जिसी अनुपस्थित रहेका कारण जनमोर्चाको संसदीय दलको कार्यालय भने आज उद्घाटन भएन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार