Trending
  • दुग्ध उत्पादक उद्योग तथा डेरीहरुमा गरियो अनुगमन,अटेरी गर्नेलाई कार्वाहि गरीने - Butwal Online

    नेपालगन्ज ३१ जेष्ठ । नेपालगन्ज स्थित दुग्ध उत्पादक उद्योग तथा डेरीहरुमा आज अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलिले गरेको अनुगमनमा दुग्ध उत्पादन उद्योग र डेरीहरुलाई दुग्ध पर्दाथहरुमा प्याकेजिङ्ग र मुल्य लेखेर राख्न निर्देशन दिइएको छ ।



    अनुगमन पहिलो पटक भएकाले सुधार गर्न मौका दिइएको अनुगमनमा सहभागि बाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    करिब आधा दर्जन उद्योग तथा दुग्ध डेरीहरुमा गरीएको अनुगमनमा उपभोत्ता संरक्षण ऐन २०७५ बमोजिम व्यवसायिहरुले कार्य सन्चालन गर्नुपर्ने पौडेलले बताउनुभयो ।

    उहाँले दोश्रो पटकमा पनि पुरानै अवस्था दोहोरिए उपभोत्ता संरक्षण ऐन २०७५ बमोजिम मुल्य सुचि नराख्ने व्यवसायिलाई ५० हजार देखि १ लाख सम्म, कृतिम अभाव सिर्जना गर्नेलाई २ लाख देखि ३ लाख सम्म, गुणस्तर, परिमाण, मुल्य, नापतौल, ढाचा आदि ढाटि लुकाई छिपाई विक्रि गर्नेलाई दुई लाख देखि तिन लाख सम्म,विल नदेखाउनेलाई ५ हजार देखि २० हजार सम्म, अनुगमन टोलिलाई मागेको विवरण नदिनेलाई ५ हजार देखि २० हजार सम्म जरिवाना गराइने बताउनुभयो ।

    अनुगमनमा नेपालगन्ज उप महानगरपालिकाका प्रतिनिधि भोज बहादुर रावल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि राजेन्द्र शाहि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि नेत्रा बोगटी, पत्रकार लगाएतको उपस्थिती थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार