अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता ः वडा ३ सेमिफाइनल प्रवेश - Butwal Online

नेपालगन्ज ३१ जेष्ठ । नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा न ३ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो क्बाटर फाइनलमा ३ ले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित ग¥यो ।

खेलमा पहिला व्याटिङ गरेको ११ ले निर्धारित १५ ओभरमा ५विकेट गुमाउंदै १ सय १० रन वनायो । उसका लागि राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । ३का बलर दिल्साद अन्सारीले ३ रिजबान अन्सारीले २ विकेट लिए ।

जबाफी व्याटिङमा आएको वडा नं ३ ले ९ ओभर २ बलमा ५ विकेटको नोक्सानी मा बिजयी लक्ष भेटायो । उसका लागि गणेश छेत्रीले ३७,अक्रम सिदिकी २२,अबदुला अन्सारीले २० रन जोड्दै टिमलाई जित दिलाए । ११ का बलर मुन्नालाल बैश्य ले ३ तथा शरद चौबे ले २ बिकेट लिए । खेलमा गणेश म्यान अफ द म्याच घोषित भए ।


त्यस्तै शुक्रवार भएको प्रतियोगिताको पहिलो खेल जित्दै वडा नं. २३ क्वाटर फाईनलमा प्रवेश गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान शुक्रबार भएको खेलमा वडा नं. २३ ले वडा नम्बर १९ लाई ९७ रनले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । उसका लागि हफिज शेखले ५०,रफिज शेखले २७,नासीमुलाह शेखले २३ रनको पारी खेलेका थिए । १९ का बलर अंकित जैसवाल र साकार बिस्टले २ र २ बिकेट लिए ।
जवाफि व्याटिङगमा आएको वडा नं. १९ ले १३ ओभर ४ बलमा सबै बिकेट गुमाएर मात्र ५१ रन बनाउन सक्यो ।

उसका लागि पुर्ण बहादुर थापाले १८,अब्दुल बेहनाले १४ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन् । २३ का बलर सहिद शेखले ३ ओभरमा ७ रन दिएर ४ बिकेट लिए भने रसिद शेखले ३,हसिब शेखले २ बिकेट लिए । खेलमा सहिद शेख म्यानअफ द म्याच घोषित भए ।


प्रतियोगितामा शनिबार ३ वटा क्वाटर फाइनलको हुनेछ । पहिलो खेलमा १२ र २२ तथा दोस्रोमा ४ र ८ तथा तेस्रोमा २३ र १५ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन १ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार