Trending
  • नेपाली फिल्म ‘पासवर्ड’ को गीतमा सन्नी लियोनले मकाईन् कम्मर - Butwal Online

    बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा धमकेदार डान्स गरेको ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत नेपाली फिल्म ‘पासवर्ड’ मा समावेश गरिएको छ । जहाँ बलिउकी चर्चित आइटम गल समेत भनेर चिनिने सन्नीले दर्शकहरुको मनै लोभ्याउने डान्स गरेकी छिन् ।

    ‘आजको साम’ बोलको गीतमा दुर्गा खरेलको स्वर रहेको छ । त्यस्तै बिक्रम जोशीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतको भिडियोलाई बलिउडमा चर्चित कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । त्यस्तै हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मलाई सम्राट बस्नेत निर्देशन गरेका हुन् । फिल्ममा सन्नी लियोनी , बिक्रम जोशी , अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । फिल्म भाद्र २७ बाट रिलिज हुँदैछ ।



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार