आज बजेट ल्याउँदै प्रदेश ५ सरकार, - Butwal Online
आज बजेट ल्याउँदै प्रदेश ५ सरकार,

बुटवल, १ असार ।  प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि आज बजेट ल्याउँदै छ । प्रदेश सभामा दिउसो ३ बजे आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल बजेट प्रस्तुत गर्नेछन् ।

 

आज  सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷०७७ का लागि आज बजेट ल्याउँदैछन् ।

प्रदेश सभाका बैठकमा सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने छन । संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तले असार १० गते बजेट ल्याउनु पर्ने छ । संघीय सरकारले अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका छन् ।
यसैगरि प्रदेश न ५ मा करिब ३३ अर्बको बजेट ल्याउने तयारी प्रदेश सरकारको छ । गतवर्षको भन्दा पाँच अर्ब बढीको बजेट आउने आकलन गरिएको छ ।

प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तिय अनुदानबाट सात अर्ब ५४ करोड एक लाख बजेट आएको छ । त्यस्तौ राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ। चालु आर्थिक वर्षको पुँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई संञ्चित हुनेछ ।

सो रकम समेत गर्दा ३३ अर्बको हाराहारीमा बजेट आउने सम्भावना देखिएको हो । मन्त्रालयका अधिकारीहरुले भने २३ देखि ३५ अर्बको बजेट आउने बताएका छन् । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्षमा छन् । कतिपय मन्त्रीहरुले खर्च नभएको बजेटबाट पूर्ति गर्ने गरी ऋणात्मक बजेट ल्याउन आग्रह गर्दै आएका छन् । बजेटमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले विस्तारित रुपको निरन्तरता पाउनेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार