भुमिहीनहरुले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराउन विज्ञको सुझाव - Butwal Online

बुटवल, १ असार । भूमिहीनहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।

फाइल तस्बिर 

भूमीहीनहरुले वर्षौंदेखि भोगचलन गर्दै आएका जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन भूमि अधिकारकर्मी जगत देउजाले सरकारलाई सुझाव दिए । आज सिंहदरबारमा बसेको संघीय संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहीनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क गरे ।

देउजाले मोहियानी हक सुनिश्चित गर्न छुट्टै आयोगको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहीन किसानहरुलाई जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी तत्काल कानुन बनाउन सरकारसँग आग्रह गरे ।

बडालले कुनै पनि बहानामा भूमिहीनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराए ।मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्षसमेत रहेका बडालले जग्गाको हदबन्दी तोक्ने काममा ढिलाई गर्न नहुने बताए ।

संघसंस्थाको नाममा भोगचलनका लागि लिइएका जग्गा व्यक्तिले उपयोग गरिरहेको उल्लेख गर्दै विज्ञहरुले त्यस्ता जग्गा पनि मातहतमा ल्याउन सरकारसँग माग गरे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार