राष्ट्रिय महिला मोर्चाको प्रदेश अध्यक्षमा ‘राना’ - Butwal Online

 

बुटवल, १ असार । राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन (नारी शक्ति) राष्ट्रिय महिला मोर्चाको प्रथम प्रदेश अधिबेशनले दिल माया रानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत गरेको छ ।

नवनिर्वाचीत कार्यसमितिको उपाध्यक्षहरू क्रमश ः पूर्णकली थापा (बाँके), रूपा रेश्मी गाहा (कपिलवस्तु), सचिव आशा गुरूङ (रूपन्देही), सहसचिव सावित्री राना (पाल्पा), सदस्यहरू धनमाया सुनार (नवलपरासी), हिममाया सोमै (कपिलवस्तु), दिल कुमारी थापा (बाँके), गीता थापा (बाँके), लक्ष्मी अस्लामी (पाल्पा), बसन्ती थापा (नवलपरासी) रहेका छन भने बाँकी सदस्यहरु विधान अनुसार सबै पक्ष मिलाएर समितिले चयन गर्नेछ ।

प्रदेश संयोजक लिलमाया रानाको सभापतित्वमा शनिबार राती रुपन्देहीको मंगलापूर स्थित पार्टी कार्यालयमा सम्पन्न भएको प्रथम अधिबेशनमा भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियानका संयोजक तथा पार्टी महासचिब केशब सुर्यबंशी मगर ज्युको प्रमुख अथित्यता रहेको थियो ।

अधिबेशन लाई संबोधन गर्दै प्रमुख अथिति केशब शुर्यबंसीले नारी शक्तिको महत्व र औचित्य बारे स्पस्ट पारेका थिए । पार्टीले स्थापना काल देखी नै बुलुन्द रुपमा उठाउदै आएको भ्रस्टचार जस्तो बिषयलाई अब को नेतृत्वले ब्यापक रुपमा अघी बढाउन सकोस भन्दै शुभकामना दिए ।

प्रदेश सदस्य बिमला गुरुङ्गको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा प्रदेश उपाध्क्षय धनी आले, अध्क्षय झम बहादुर गुरुङ्ग, संघिय परिषद सदस्य गीता सारु, रुपन्देही जिल्ला अध्क्षय प्रेम थापा, आशा गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राखेका थिए,।

कार्यक्रक पार्टीका उपाध्क्षय होमाया गुरुङ्ग, जनमुक्ति एकेडेमीका प्रमुख टोप अस्लामी, अनुगमन तथा मुल्याङ्कन समिती सचिब अशोक पून, सघिय परिषद सदस्य गीता सारु, छत्र दर्लामी, सघिय महासभा प्रदेश संयोजक नरजङ्ग गुरुङ्ग,प्रदेश अध्क्षय झम बहादुर गुरुङ्ग, उमा राना, जिल्ला अध्क्ष्य प्रेम थापा लगायतको सहभागिता रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार