अत्याधिक गर्मीका कारण प्याब्सन सैनामैना अन्तर्गतका विद्यालय बन्द - Butwal Online

बुटवल, १ असार । अत्याधिक गर्मीका कारण प्याब्सन सैनामैना अन्तर्गतका विद्यालय ५ दिन बन्द हुने भएका छन् ।

केहि दिनदेखि एकाएक गर्मी बढेपछि प्याब्सन सैनामैनाले यस अन्तर्गतका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएकोले भोलि असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सचिव धर्मराज घिमिरेले जानकारी दिए ।

अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालयमा आवतजावत गर्न समेत समस्या हुँदै आएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार