नवलपुरको जनता माविमा एक हप्ते योग शिविर सम्पन्न - Butwal Online
नवलपुरको जनता माविमा एक हप्ते योग शिविर सम्पन्न

कावासोती १ असार । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यमिक बिद्यालय बिष्णुनगरमा यहि जेठ २६ गतेदेखि शुरु भएको योग शिविर सम्पन्न भएको छ ।


बिद्यालयमा गठित उत्प्रेरणा समितिको पहलमा आयोजित योग शिविरमा एक हप्ताभरि बिद्यार्थी , अभिभावक , स्थानीय व्यक्तीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

शिबिरको समापन समारोह नेपान पुस्तक व्यवसायी संघ नवलपुरका जिल्ला कार्य समिति सदस्य मनिषा ढकाल काफ्ले प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अबसरमा नेपाल पुस्तक व्यवसायी संघ नवलपुरले बिद्यालयमा अध्ययनरत १ सय ५० जना बिद्यार्थीहरुलाइ स्टेशशनरी सामान सहयोग गरेको थियो ।

सो अबसरमा प्रमुख अतिथि काफ्लेले विगतका दिनहरुमा पनि संघले यस्तो सहयोग प्रदान गर्दे आईरहेको र आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


समापन समारोहमा योग गुरु तथा पतञ्जली योग समिति गण्डकी प्रदेश समितिका महामन्त्री गणेश आचार्य , बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष वालकृष्ण शर्मा भुषाल , प्रमुख योग प्रशिक्षक नवराज सुवेदी , शिक्षक एवं योग प्रशिक्षक पुरुषोत्तम भुर्तेल , बिद्यालयका शिक्षकहरु घनश्याम भुर्तेल , हिमलाल अधिकारी , अमृत आचार्य , समता शिक्षा निकेतनकी योग प्रशिक्षक अन्जना बस्नेत , जिवन बिज्ञानकी प्रशिक्षक माया महतो लगायतको सहभागिता रहेको थियो ।

शिविरको समापनको अबसरमा एक सय ७० जनाको सहभागिता थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा योग शिविरको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

 

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार