अत्याधिक गर्मिका कारण नवलपुरको तिन नगरपालिकामा तिन दिन बिद्यालय बन्द - Butwal Online

कावासोती, १ असार । अत्याधिक गर्मि बढेपछि नवलपुरका अधिकांश बिद्यालयहरु तिन दिन बन्द हुने भएका छन् । गर्मिका कारण बिद्यार्थहरुमा बिभिनन किसिमको असर देखापरेपछि जिल्लाका गैडाकोट , कावासोती र मध्यविन्दु नगरपालिकाले तिन दिन बिद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।


गर्मिका कारण नवलपुरको मध्यविन्दु नगरपालिकाले आईतबार एक बिज्ञप्ति जारी गर्दै गर्मीको समयमा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी असार दूई गतेदेखि चार गतेसम्म बर्षे बिदा वा हिउदे बिदाबाट कटौती हुनेगरि तीन दिनका लागि नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

यसैगरि नवलपुरकै गैडाकोट नगरपालिका भित्रका सबै बिद्यालय तिन सम्म बिदा हुने भएका छन् । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले अत्याधिक गर्मिका कारण बिद्यार्थीहरु बिमारी हुने , बेहोस हुने समस्या देखिएपछि बिद्यालय बन्द गर्न निर्देशन दिईएको हो । उहाले गर्मिको समयमा सर्तकता अपनाउन सम्पुर्ण नगरवासीहरुलाइृ आग्रह गर्नुभयो ।

गैडाकोट नगरपालिकामा दिईएको विदा बर्षे बिदाबाट कट्टी गरिनेछ ।त्यसैगरि कावासोती नगरपालिकाले पनि एक सुचना जारी गर्दे तिन दिन बिद्यालय बन्द गर्न नगरपालिका भित्रका निजि तथा सामुदायिक बिद्यालयहरुलाई आग्रह गरेको छ । देबचुली नगरपालिकाले भने बिद ागर्ने की नगर्ने बिषयमा आपसी सल्लाह भईरहेको जानकारी दिएको छ ।

शिक्षा शाखा प्रमुख रामप्रसाद पाण्डेले नगरपालिका भित्र सामदायिक बिद्यालयहरुले परिक्षा राखेकाले के गर्ने भनने बिषयमा सल्लाह भएको बताउनुभयो । नवलपुर जिल्लामा अत्याधिक गर्मी बढेपछि बिद्यार्थीहरुमा टाउको दुख्ने , वान्ता हुने , बेहोस हुने लगायतका स्वास्थ्य समस्या देखिएका छन् । नवलपुरमा अत्याधिक ३८ डिग्रि सम्म तापक्रम पुगेको छ ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार