वाणगंगाको जितपुरमा एक युवक मृत फेला - Butwal Online
वाणगंगाको जितपुरमा एक युवक मृत फेला

कपिलवस्तु, १ जेठ।  कपिलवस्तुको वाणगंगा नगरपालिकामा जितपुरमा एक युवक मृत फेला परेका छन् । मृतक बुटवल कालिका नगरका सन्तोष क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

मृतकका घरपरिवारलाई घटनाको बारेमा जानकारी गराएको र अभिभावक आउन लागेको बताईएको छ । मृतक क्षेत्री अन्दाजी ३५ वर्षका भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार