गुठी बिधेयक फिर्ता लिन माग - Butwal Online
गुठी बिधेयक फिर्ता लिन माग

बुटवल, १ असार ।  हालै सरकारले ल्याउन लागेको गुठी बिधेयक तुरुन्त फिर्ता लिन बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा रुपन्देहीले माग गरेको छ ।

समितिले आज एक बिज्ञप्ती जारी गर्दै गुठी बिधेयक सनातन धर्म सस्कार सस्कृति र आदर्श चाल चलन बिपरित भएको उल्लेख गरिएको छ ।



समितिका जिल्ला अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडेलद्धारा जारी बिज्ञप्तीमा जनहितकार जनउपयोगी र जनताको सहकार्यबाट बनेको गुठीहरु खारेज गर्ने र हडप्ने बिधेयक पारित भएमा भबिष्यमा कसैले पनि यस्तो काम र सामाजिक गुठी निर्माण नगर्ने उल्लेख गरिएको छ ।
बिज्ञप्ती सहित

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार