नवलपुर को कावासोतीमा एक पुरुष मृत भेटिए - Butwal Online
नवलपुर को कावासोतीमा एक पुरुष मृत भेटिए

कावासोती, १ असार । नवलपुरको कावासोतीमा एक पुरुषको बेवारीसे शव फेला परेको छ । आईबार कावासोती नगरपालीका १५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायीक वनमा अन्दाजी ३० वर्षको पुरुषको नग्न छेदविछेद अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

गैडाले हानेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दिउसो हात्तीलाई नारायणीमा पानी खुवाउन लौजनाने क्रममा माउतेहरुले देखि प्रहरीलाई खबर गरी प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरीले बतएको छ । शवको पोष्टमार्टमका लागि चितवन स्थीत सरकारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार