बागेश्वरीमा संगीत सप्ताह जारी , शास्त्रीय संगीतको विशेष प्रस्तुति - Butwal Online

असार, १ बुटवल। विश्व संगीत दिवसको अवसर पारेर बागेश्वरी संगीतालयको संगीत सप्ताह बुटवलमा जारी छ । संगीत सप्ताहको आज दोस्रो दिन पनि विविध कार्यक्रम सम्पन्न भएका छन् ।


साथै सोही संगीतालयका विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका छन् । आज दोस्रो दिन भारतका शास्त्रीय गुरु डा शरदमणी त्रीपाठीसहितको टोलीले शास्त्रीय संगीतसम्बन्धि विशेष कार्यशाला प्रस्तुत गर्नुभएको थियो ।

सन् १९८२ मा फ्रान्सबाट शुरुवात भएको संगीत दीवस अहिले विश्वका करिब १ सय १० देशले मनाउने गरेका छन् । विश्वमा व्याप्त भैरहेको हत्या हिंसा आतंक अशान्तिजस्ता अमानवीय क्रृयाकलापलाई हटाउनको लागि विश्व संगीत दीवसले विशेष भूमिकासमेत खेलेको सो कार्यक्रममा बताइएको छ ।

भारतका शास्त्रीय गुरु डा शरदमणी त्रीपाठीले संगीतलाई पनि एक विशेष विषयको रुपमा लिएर ज्ञान हासिल गर्न आग्रह गर्नुभएको छ । साथै सबैलाई जागरुक बनाउन संगीत सप्ताहले महत्वपुर्ण भूमिका खेल्ने समेत बताउनुभयो ।
बागेश्वरी संगीतालयका प्रमुख सुरेश सेन्चुरीले संगीतले व्यक्तिमा सकारात्मक चिन्तनको विकास गर्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

संगीत सप्ताह अन्तर्गत सोमबार समाज र मानव जीवनमा संगीतको प्रभाव विषयमा अन्तक्रिया कार्यक्रम हुनेछ । मंगलवारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रमहरु हुनेछन् ।

विश्व संगीत दिवस जुन एक्काइस अर्थात यही असार छ गतेका दिन विशेष रुपमा मनाइने छ । संगीत सप्ताहका कार्यक्रम साझ ५ बजेबाट सोही बागेश्वरी संगीतालयको हलमा हुने बताइएको छ । सोही दिन समापन कार्यक्रम रहेको संगीतालयले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार