विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित - Butwal Online

बुटवल, २ जेठ ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतसँग पाकिस्तान पराजित भएको छ । पाकिस्तान ८९ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो ।

कप्तान विराट कोहली  ७७ रन बनाएर आउट भए । उनले ७ चौका प्रहार गरे ।

ओपनर  रोहित शर्मा  १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे ।

अर्का ओपनर  केएल राहुल ७८ बल खेल्दै ५७ रन  बनाएर आउट भए । ३ चौका र २ छक्का प्रहार गरे ।

हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका धोनी  भने टिक्न सकेनन् । उनि जम्मा १ रन बनाएर आउट भए ।

३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।

वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो  ।

भारतले दिएको ३ सय २ रनको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादव खान २० रनमा अविजित रहे ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार