‘द भ्वाइस अफ नेपाल सिजन २’काे कोचमा अभया र सनुप “आउट”, राजु र आस्था ‘इन’ - Butwal Online

गीतलाई आधार बनाएर तयार पारिएको नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच राजु लामा र आस्था राउत आउने भएका छन् ।

सिजन वानमा कोचका रुपमा रहेका दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद रहेका थिए ।

यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै राजु लामा र आस्था राउत इन भएका हुन् । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् ।

सोमबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा द भ्वाइस अफ नेपाल–२ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार