कपिलवस्तुको बाणगंगामा एक युवकको शव फेला - Butwal Online
कपिलवस्तुको बाणगंगामा एक युवकको शव फेला
कपिलवस्तु, ३ असार : कपिलवस्तुमा एक युवकको शव फेला फेला परेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ९ पटरिया स्थित मोहन गुरूङको मकै बारीमा बाणगंगा नगरपालिका वडा नं ९ बस्ने २५ वर्षीय मनोज महत क्षेत्रीको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
युवक मृत अवस्थामा फेला परेको भनि ईलाका प्रहरी कार्यालय पिपरामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक आयुष प्रसाद जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएर थप अनुसन्धान गरिरहेको छ । के कारणले मनोजको मृत्यु भन्ने अझै खुलेको छैन ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार