नवलपुरमा आयुर्वेद र योग शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न - Butwal Online

कावासोती ३ असार : विद्यार्थीहरुका लागि आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम मङलबार नवलपुरको देवचुलीमा सम्पन्न भएको छ ।

आयुर्वेद विभागको कार्यक्रम अनुसार देवचुली नगरपालिका रजहर आयुर्वेद औषधालयद्वारा देवचुली नगरपालिकाका चारवटा माध्यमिक विद्यालयमा कार्यक्रम संचालन गरिएको हो । देवचुली नगरपालिकाका नेपाल मा वि , देवचुली मा. वि. ,पृथ्वी मा वि मा कार्यक्रम गरिसकिएको र मङलबार भीमसेन आदर्श मा वि मा कार्यक्रम सम्पन्न गरिएको रजहर आयुर्वेद औषधालयका कविराज निरीक्षक नवराज पौडेलले बताए ।

पौडेलका अनुसार कार्यक्रममा मौलिक चिकित्सा एवम आयुर्वेदको परिचय तथा महत्व,औषधालयबाट पाउने सेवा सुबिधा , स्वस्थ्य जीवनशैली ,स्थानीय स्तरमा पाईने जडिबुटीको परिचय र महत्व एवम योग शिक्षाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।त्यस्तै असार ५ गतेदेखि ७ गतेसम्म विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम अन्तर्गत प्रत्येक माध्यमिक विद्यालयबाट २ विद्यार्थीहरु र १ शिक्षकलाई योग प्रशिक्षण आयोजना गरिएको समेत बताए ।

भीमसेन आदर्श मा वि का सह प्रधानाध्यापक अग्निधर भुसालको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण रजहर आयुर्वेद औषधालयका कविराज निरीक्षक नवराज पौडेल र वैद्य सविता शर्माले गरेकी थिइन । आयुर्वेद स्वास्थ्य मौलिक र पुरानो चिकित्सा पद्धति भएको र स्थानीय स्तरमा पाईने जडिबुटीहरुको सहि प्रयोग गर्ने तरिका थाहा नहुदा समस्या रहने गरेकोले यस्ता जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउनका लागि सबै पक्ष सकृय हुनुपर्ने अवस्था रहेको भीमसेन आदर्श मा वि का सहायक प्रधानाध्यापक अग्निधर भुसालले बताए । मङलबारको कार्यक्रम १०३ जना माध्यमिक तहका विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार