नवलपरासीमा खुल्ला क्रिकेट प्रतियोगीताको उपाधी भारतको मदनपुरलाई - Butwal Online

नवलपरासी,३ असार । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा जारीको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी भारको जिल्ला कुशीनगर स्थित मदनपुरको टिमले प्रथम विजेता भएको छ ।


आज भएको फाईनल प्रतिस्पर्धाको लागी गुठी परसौनी र मदनपुर बिच भएको थियो। पहिलो ब्याटिङ्ग गरेको गुठी परसौनीले निर्धारित १५ ओभर पहिलै आफ्नो सबै विकेट गुमाएर ११५ रन बनाएको थियो।

जवाबी बैटिङ्गमा उत्रेको मदनपुरले १२ ओभरमा आफ्नो ६ विकेट गुमाई लक्ष्य प्राप्त गरेको थियो। प्रतियोगीतामा म्यान अफ द सिरिज अमर यादवले प्राप्त गरेका हुन प्रतापपुर गाऊपालिका वडा नं ६ को सहयोग तथा माउण्ट एभरेष्ट क्रिकेट क्लबको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगितामा नेपाल र भारतका करिब ३० टिमको सहभागिता आयोजकले जनाएको छ। प्रथम हुने टिमलाई २५ हजार नगद सिल्ड, मेडल
त्यस्तै दितिय हुने टिमलाई १५ हजार नगद सिल्ड, मेडल प्रदान गरेको थियो।
समापन कार्यक्रममा वडाध्यक्ष रामहरि उपाध्याय शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वि बहादुर शाही, केशव अधिकारी, मन्त्रिका केवट, दिलिप गुप्ता, सुरज गुप्ता लगायतहरुको उपस्थिती रहेको थियो।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार