लुम्बिनीमा शांति पत्रकारिता तालिम सुरु - Butwal Online
लुम्बिनीमा शांति पत्रकारिता तालिम सुरु

लुम्बिनी, ४ असार । शान्तिका लागि पत्रकारिता’ भन्ने नाराका साथ रुपन्देहीको लुम्बिनीमा दुई दिने शान्ति पत्रकारिता तालिम सुरु भएको छ । कृष्णनगर नगरपालिकाको सहयोग तथा कमन नेपालको आयोजनामा तालिम सुरु भएको हो ।



तालिममा२५ जना पत्रकारको सहभागिता रहेको छ l तालिमको उद्घाटन सत्रमा बोल्नुहुँदै प्रेस पाटीकी जन सम्पर्क अधिकृत जनी बन्जाडेले यस तालिमले शान्ति निर्माणका क्षेत्रमा कलम चलाउन पत्रकारको क्षमता बिकास हुने बताउनुभयो ।

 

द्वन्द्ध न्यूनीकरण र शान्ति स्थापनामा सहयोग पु–याउने उदेश्यका साथ बुद्धस्थल लुम्बिनीमा शान्ति पत्रकारिता तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले बताउनुभयो ।


शान्ति निर्माणमा बुद्ध दर्शनले महत्वपूर्ण भूमिका खेलेको कमन नेपालका अध्यक्ष डम्बर शर्माले बताउनुभयो । विश्वभर बुद्धको शान्ति सन्देश प्रवाह भएका बेला बुद्धस्थलमै बुद्धदर्शन बुझ्न नसकेको उहाँले बताउनुभयो ।

राम्रा चिज ग्रहण गर्न बुद्धिज्म आवश्यक पर्नेमा जोड दिदै सामाजिक रुपान्तरण र दिगो शान्ति स्थापनाका लागि बुद्ध दर्शन सहयोगी हुने शर्माले बताउनुभयो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार