कपिलवस्तुमा २४ वर्षीय युवकद्वारा आत्महत्या - Butwal Online
कपिलवस्तुमा २४ वर्षीय युवकद्वारा आत्महत्या

कपिलवस्तु, ५ असार : कपिलवस्तुमा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको वुद्धभुमि नगरपालिका वडा नं. २ वडहरा बस्ने उदय थारुका २४ वर्षीय छोरा विक्रम थारुले गएराती आत्महत्या गरेका हुन ।



थारुले आफ्नै घरको सुत्ने कोठामा चुन्नीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । थारुले के कारणले आत्महत्या गरेका हुन् त्यो अझै खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार