दाङको सोह्हवा खोलामा तटबन्धन निर्माण हुने भएपछी स्थानीय खुशी - Butwal Online

दाङ, ६ असार : दाङको गढवा गाउँपालिका–२ कोठरीकी ६० वर्षीया चैनी चौधरी हिजो निकै खुशी देखिए । उनलाई त्यो खुशी ल्याइदिएको रहेछ उनको घर नजिकै निर्माण गरिएको तटबन्धनले । वर्षेनी स्थानीय सोह्हवा खोलामा आउने बाढीले उनको घर डुबानमा पथ्र्यो ।

फाइल तस्बिर

गत वर्ष पनि उनको बाढीका कारण गाईवस्तु मरेका रहेछन् तर यसपटक भने सुरक्षित हुने पाइने भयो भन्दै उनि खुशी भएका रहेछन । त्यसैगरी सोही गाउँका ५५ वर्षीय बुझौना चौधरी छ वर्ष पहिल्यैदेखिको आफूहरूको माग बल्ल पूरा भएको र अब सुरक्षित भएको भन्दै प्रसन्न थिए ।

उनले भने, “आफूहरू तटबन्धन निर्माणका लागि भन्दै धेरैपटक हारगुहार गर्दै लमही तथा घोराही रहेका सरकारी कार्यालयमा धायाँै तर सुनुवाइ नै भएन, यसपटक गढवा गाउँपालिकाले तटबन्धन निर्माणका लागि बजेट उपलब्ध गरायो । सबै गाउँलेले पनि श्रमदान ग¥यौँ”, उनले भने ।

गढवा गाउँपालिका–२ को सोह्हवा खोलाको कोठरी गाउँमा तटबन्धन निर्माण सम्पन्न भएको छ । त्यहाँ तटबन्धन नहुँदा वर्षेनी डुबानले कोठरी गाउँका सयौँ घरहरूले जोखिम मोल्नु पर्दथ्यो । अहिले गाउँपालिकाको रु १५ लाखको लागत र उपभोक्ताको ४० प्रतिशत श्रमदानमा २०० मिटर लामो तटबन्धन निर्माण गरिएको खहरेखोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष रामसमुज चौधरीले बताए ।

स्थानीय सोह्हवा खहरेखोलामा वर्षेनी आउने गरेको बाढीबाट पीडित त्यहाँका ३०० घरपरिवार तटबन्धन निर्माणपछि सुरक्षित हुने अपेक्षा गरिएको अध्यक्ष चौधरीको भनाइ थियो । गत वर्ष पनि सो खोलामा आएको बाढीले त्यहाँका धेरै घर डुबान हुनुका साथै गाईवस्तु मरेका थिए ।

यसैबीच गढवा गाउँपालिकामा यस आर्थिक वर्षमा खहरे नियन्त्रणका लागि निर्माण गरिएका आधा दर्जन बढी ठाउँका तटबन्धनको बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको नेतृत्वमा गएको सरोकारवाला टोलीले स्थलगत अवलोकन गरेको हो । टोलीमा पत्रकारको पनि सहभागिता रहेको थियो ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार