अर्घाखाँची भुमिकास्थानका मिर्गाैला पीडित भीमलाई आर्थिक सहयोग - Butwal Online

काठमाडौँ, ६ असार : अर्घाखाँची भूमिकास्थान नगरपालिका–८ घेन्चनबासका मिर्गाैला पीडित भीमबहादुर नेपालीको उपचारका लागि रु ६० हजार सहयोग गरिएको छ ।



राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत स्थानीय संवाददाता अर्जुन भुसालको पहलमा सङ्कलन गरिएको रु ५० हजार र एविसी टेलिभिजनको ‘इन्द्रेणी’ कार्यक्रमबाट प्राप्त रु १० हजार गरी कूल ६० हजार रकम पीडितकी श्रीमती रितालाई हस्तान्तरण गरिएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको काठमाडौँमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था नाजुक रहेकाले उनको परिवारले उपचारका लागि सहयोग गर्न सबैसँग याचना गरिरहेका छन् । पत्रकार भुसालले आफूले सङ्कलन गरेको रकमले बिरामीको उपचारमा केही राहत मिल्ने विश्वास लिएको बताए । पीडितकी श्रीमती रिताले आर्थिक अवस्था कमजोर हुँदा मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको बताए । “म आफै मिर्गाैला दिन तयार छु”, रुँदै उहाँले भन्नुभयो, “तर प्रत्यारोपण गर्नका लागि पैसा छैन ।” ३५ वर्षीय भीमबहादुरका एक छोरा र छोरी छन् ।

एभरेष्ट बैंक सन्धिखर्क शाखामा श्रीमती रिता नेपालीको नाममा रहेको खाता नं. ०३९००५०१२०५३०२ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ । पीडितकी श्रीमतीको मोबाइल नम्बर ९८४७१११९३६ मा सम्पर्क गरेर पनि बिरामीको बारेमा बुझ्न सकिनेछ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार