बुटवलमा ५ दिने दृष्टिविहिन क्रिकेट प्रशिक्षण सम्पन्न - Butwal Online

बुटवल, ७ असार । बुटवलमा ५ दिने दृष्टिविहिन क्रिकेट प्रशिक्षण सम्पन्न भएको छ ।

दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजनामा भएका ५ दिने रोनाल म्याकुली कप, दृष्टिविहिन क्रिकेट प्रशिक्षण सम्पन्न भएको हो । २५ नयाँ खेलाडि सहभागि प्रशिक्षण कार्यक्रममा दृष्टिविहिन राष्ट्रिय खेलाडिहरु सुनिल सुवेदी, खेमराज सापकोटा, भुमा खरेलले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा दृष्टिविहिन क्रिकेट खेलाडिहरुले अपनाउनुपर्ने नियम, बलिङ, व्याटिङ, फिल्डीङ कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रमका एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाकी अधिकृत कोपिला ज्ञवालीले समापन गरिन ।

सो अवसरमा बोल्दै उनले दृष्टिविहिन खेलाडिहरुको क्षमता बृद्धिमा प्रशिक्षणले महत्वपुर्ण भुमिका खेल्ने बताइन । कार्यक्रममा नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोखरेल, दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीकी सदस्य समिक्षा ज्ञवाली लगाएतले बोलेका थिए ।

दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दामोदर वि.सीको सञ्चालनमा सम्पन्न भएको थियो।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार