अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु - Butwal Online

अर्घाखाँची, ७ असार । जिल्लाको पाणिनी गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना महिलाको ज्यान गएको छ ।



आज बिहान पाणिनी गाउँपालिका वडा नम्बर ३ खिदिममा गुडिरहेको लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट खसेर ४२ वर्षीय सुशीला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकलबाट एक्कासि बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार