दाङको गढवा गाउँपालिकामा २ वडाको कार्यालय भवन निर्माण - Butwal Online

दाङ, ८ असार: दाङको गढवा गाउँपालिका–३ र ७ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत नोखरी राम वलीले दिनुभएको जानकारीअनुसार वडा नं –३ को कार्यालय गोबडिया र वडा नं– ७ को कार्यालय भवन मानपुरमा सम्पन्न भएका हुन् ।

चालू आर्थिक वर्षमा नै शुरु गरिएका दुबै कार्यामध्ये वडा– नं ३ रु ४३ लाख ७८ हजार र वडा नं– ७ भने रु ४५ लाख ३३ हजारको लागतमा निर्माण गरिएको पनि प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

वडा नं ३ निर्माणको जिम्मा भीमादेवी निर्माण सेवा गढवा र ७ नं कार्यालयको भवन निर्माणको जिम्मेवारी शर्मा निर्माण सेवा दाङले पाएको थियो । वडा कार्यालयको आफनै भवन निर्माण भएपछि नागरिकलाई अव सेवा प्रवाहमा सहजता हुनेछ । यसअघि दुबै कार्यालय भाडाको घरमा बसेका थिए ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार