कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एकजन गम्भीर घाइते - Butwal Online

कपिलवस्तु, ८ असार : कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।



जिल्लाको बाणगंगा नगरपालिका वडा नं.०७ मोतीपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ । थारूलाइ उपचारको लागी बुटवल पठाईएको र खुकुरी प्रहार गर्ने सुनार ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान कार्य भैरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार