मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटी द्वारा रक्तदान कार्यक्रम सम्पन्न - Butwal Online

बुटवल, ९ असार । विभिन्न सामाजिक काम गर्दै आइरहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी जन्म जयन्तीको सु-अवसार पारेर  मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटीले रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा ५१ जना पुरुष र १० महिलाले रक्तदान गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्यले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने आशयले रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रमको अध्यक्षता कृष्ण प्रसाद देवकोटाले गरेका थिए भने प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । कार्यक्रममा अतिथि प्रदेश नं. ५ अध्यक्ष नर बहादुर घर्ती, उपाध्यक्ष मीन प्रसाद पोखरेल मदन भण्डारी फाउन्डेसन रुपन्देही अध्यक्ष तथा प्रदेश नं ५ प्रदेश सभा सदस्य माननीय थान कुमारी थापाको उपस्तिती रहेको कार्यक्रम संयोजक बिकास जंग बस्नेतले बताए ।

सो रक्तदान कार्यक्रमलाई रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोग र सुधिर रियल स्टेट एन्ड कन्स्ट्रक्सन ति. न. पा. – ५ ले प्रायोजक गरेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार