बुटवललाई तीन वर्ष भित्र बेरोजगारी शून्य नगर बनाउने - Butwal Online

बुटवल, ९ असार ।

शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गर्नुभयो ।

नीति कार्यक्रम सफलता पूर्वक कार्यान्वयन गर्न सकिएमा बुटवललाई तिन बर्ष भित्र बेरोजगारी–शुन्य नगर बनाउने लक्ष्य बुटवल उपमहानगरपालिकाको रहेको छ ।

यसको लागि रोजगारी सिर्जना गर्ने संस्थाहरुको लगत संकलन गर्ने, ति संस्थाहरुलाई चाहिने उचित प्रोत्साहनको आवधिक मापन गर्ने र त्यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा संकलित बेरोजगारको तथ्यांक सँग राखेर उचित नीति नियम तर्जुमा गरिने भएको छ ।

नगरभित्रको रोजगारिको स्थिति सम्बन्धी तथ्यांक नियमित अद्यावधिक गर्दै प्रकाशितसमेत गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यव्रmमलाई नगरमा रोजगारी सिर्जनाको महत्वपूर्ण अवसरको रुपमा लिई न्यूनतम रोजगारीको सुनिश्चितता गरिनेछ । बुटवलले मेयर युवा इलम कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर्गत युवालाई सिप सिकाउँदै कामको अवसर दिइँदै आएको छ । गरिब घर परिवारको पहिचान गर्ने मापदण्डको आधारमा नगरभित्रका सम्पूर्ण गरिब परिवारको तथ्यांक तयार गरिने भएको छ ।

बुटवललाई लगानीको गन्तब्य बनाएर रोजगारी सिर्जना गर्न नगरस्तरीय ‘डूइङ बिजनेश’ को स्कोर रिपोर्ट गरिने भएको छ । यहाँका साना तथा मझौला उद्योगहरुलाई छिमेकका उद्योगको सामान आपूर्तिकर्ता बन्न आवश्यक नीतिगत सहयोगको अध्ययन गरिने भएको छ । उद्यम विकासमा महिलाहरुको भूमिका अभिवृद्धि गर्न र उद्यमी महिलालाई प्रेरित गर्न उप–प्रमुख महिला उद्यमशिलता तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । बुटवल १२ स्थित ज्यामिरे बस्तीको स्थानान्तरण सम्बन्धमा अध्यय्न गरिने भएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार