विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, बुटवलमा बन्दको प्रभाव कस्तो ? - Butwal Online

बुटवल, १० असार।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात असार १० गते नेपाल बन्द गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको आरोप लगाउदै नेपाल बन्दको घोषणा गरेको हो ।

कस्तो छ बुटवलमा बन्दको प्रभाव ?

बन्दको कारण विहानैदेखि सार्वजनिक यातायात का साधन सञ्चालनमा आउन सकेका छैन भने बजार ठप्प छ । सबैजसो स्कुल, कलेज बन्द छन् भने सडकमा फाट्टफुट्ट रुपमा मात्रा निजी सवारी साधनहरु चलेको देख्न सकिन्छ । सडकमा बन्द आव्हानकर्ता नदेखिएपनि प्रहरी सतर्कता भने बढाईएको छ ।

फोटो फिचर

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार