विप्लव समुहको नेपाल बन्द ५ बजेपछि खुल्यो, जनजीवन सामान्य बन्दै - Butwal Online
रमेश पराजुली 
बुटवल, १० असार । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो समुहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज (मंगलबार) आहृवान गरेको नेपाल बन्द साँझ ५ बजेपछि खुलेको छ । 

बन्द खुलेसँगै दिनभर प्रभावीत भएको जनजिवन बिस्तारै सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधन चल्न थालेका छन् भने भिडभाड बढेको छ । बिहानैदेखि बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन् । बन्दकर्ता सडकमा नदेखिए पनि यस क्षेत्रमा सार्वजनिक सवारी साधन दिनभर चलेका थिएनन भने उद्योग कल कारखाना, शिक्षण संस्था पनि बन्द थिए ।

सवारी साधन नचल्दा बीच बाटोमै अलपत्र परेका यात्रुहरु बन्द खुलेसंगै गन्तव्यमा जान हिँडेका छन् । दिनभर सुनसान बनेको बसपार्क क्षेत्रमा अहिले चहलपहल बढेको छ । बन्द खुलेसंगै बुटवल बसपार्कबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारीसाधन छुट्न थालेका छन् । बिहान बुटवलका २ स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन झनै त्रसित बनेको थियो ।

 

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार