देविस्थान मन्दिरको जिणोद्धारको काम सुरु - Butwal Online
देविस्थान मन्दिरको जिणोद्धारको काम सुरु

बुटवल, १० असार । गुल्मीको मालिका गाउपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको देविस्थान मन्दिरको जिणोद्धार गर्न सुरु गरिएको छ ।

गाउपालिकाको वडा नं. ६ र ७ को सिमाना कुमलगाउमा रहेको ५० बर्ष पुरानो मन्दिरको जिणोद्धार गर्न सुरु गरिएको हो । २०७५ जेठ १९ गते मन्दिरलाई जिणोद्धार गर्ने निर्णय भएसंगै स्थानिय जनताको सक्रियतामा जिणोद्धार गर्न सुरु गरिएको हो ।

देविस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अर्यालले करिव २५ लाख रुपैयाको लागतमा मन्दिरको जिणोद्धार गर्न सुरु गरिएको बताए । मालिका गाउपालिका बाट १ लाख र बाँकी सवै स्वदेश तथा विदेशमा रहेका मालिका गाउपालिका बासी एवं छिमेकी गाउपालिकाका सहयोगीहरु बाट जिणोद्धार गर्न लागिएको अध्यक्ष अर्यालको भनाई छ ।

अहिले सम्म १४ लाख रुपैया उठिसकेको र मन्दिरको २० प्रतिशत काम सम्पन्न भइसकेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रामप्रसाद अर्यालले बताए । उनले मन्दिरका लागि सहयोग गर्न समेत सवैलाई आग्रह गरे ।

“मन्दिरलाई मालिका गाउपालिकाकै नमुना बनाउने गरी हामी लागेको छौ” उनले भने–“सहयोग अझै पाईयो भने यहि मन्दिरबाटै हामी विद्यार्थीहरुलाई छात्रबृत्ति समेत दिन सक्नेछौ ।” उक्त मन्दिरमा बैशाख पुर्णिमा र दशैको महानवमीमा मेला लाग्ने गर्दछ ।

लामो समय सम्म जिणोद्धार रहेको मन्दिर नयाँ व्यवस्थापन समिति आएसंगै मुहार चम्किन थालेको छ । एक बर्ष भित्र सक्ने गरी अहिले मन्दिरमा काम भइरहेको समितिका सचिव हरी प्रसाद भटट्राईले जानाकारी दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार