बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ४३ करोडको बजेट - Butwal Online
बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ४३ करोडको बजेट
  • पूर्वाधार विकास र शिक्षामा बजेट केन्द्रित
  • नरैनापुर (बाँके) असार १० । बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा आज (मंगलबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६र७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत  गरेका हुन् ।

    पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    संघीय सरकारबाट प्राप्त ३७ करोड ५८ लाख, प्रदेश ५ सरकारबाट ३ करोड ९२ लाख ४७ हजार र आन्तरिक तर्फ अनुमानित ५४ लाख १० हजारमा आधारित रही आर्थिक बर्ष २०७६र७७ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए ।

    पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बस्नेतले बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार