प्रमुख प्रशासकीय अधिकृत पुरस्कृत - Butwal Online
प्रमुख प्रशासकीय अधिकृत पुरस्कृत

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल रु ५० हजारसहित पुरस्कृत भएका छन् । गाउँपालिकाको आजदेखि शुरु भएको पाँचौँ गाउँसभामा पौडेललाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको योजना छिटोछरितो कार्यान्वयन गर्दै जिल्लाकै नमूना गाउँपालिका बनाउन योगदान पु¥याएकाले पौडेललाई नगद र कदरपत्रसहित पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले बताए । यसैगरी गाउँपालिकाले सोही गाउँपालिकाको बजेट तथा कार्यक्रम शाखा प्रमुख दयाराम चौधरीलाई सर्वाेत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ । उनलाई रु १० हजारसहित पुरस्कृत गरिएको हो ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार