दाङमा चट्याङ लागेर ३ जना बालकको मृत्युु - Butwal Online
दाङमा चट्याङ लागेर ३ जना बालकको मृत्युु

दाङ १० असार । चट्याङ लागेर तीनजना बालकको मृत्युु भएको छ । आज बेलुकी ६:२५ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका साजन चौधरी(१३), रमित चौधरी(११), बिनाश चौधरी(११)को मृत्युु भएको दाङ प्रहरीले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर मृतक बिनाशका भाइ अबिनाश चौधरी(८) गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङले मृत्यु भएको हो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार