रुपन्देहीमा चट्याङ लागेर ३ जनाको मृत्यु - Butwal Online
रुपन्देहीमा चट्याङ लागेर ३ जनाको मृत्यु

बुटवल, १० असार। रुपन्देहीमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो ।

                                                                                      सांकेतिक तस्विर

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार