भेरी अस्पतालमा डाइलेसिस मेसिन अभाव, ४० जना विरामी पालो कुर्दै (भिडियो) - Butwal Online

खगेन्द्र दाहाल

नेपालगन्ज, ११ असार । पछिल्ला दिनमा मृर्गौला रोगिहरुको सङख्या दिन प्रतिदिन बढ्दो छ । दुई बर्ष यता नेपालगन्जको भेरी अस्पतालमा ७ हजार पटक डाइलेसिस सेवा दिइसकेको छ । त्यसबाट १ सय जना विरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।



अस्पतालमा विहान ९ वजे देखि दिउसो २ वजे सम्म डाइलेसिस रुटिङ सेवा दिने गरिएको भेरी अस्पतालमा मृर्गौला विभागका प्रमुख फिजिसियन समेत रहनुभएका मृर्गौला विशेषज्ञ डाक्टर पारस श्रेष्ठले जानकारी दिनुभयो । पहिले भन्दा यो समयमा मृर्गौलाको समस्या लिएर आउने रोगिको सङख्या बढेको डाक्टर श्रेष्ठले बताउनुभयो ।

मृर्गौला खराव हुने कारण भनेको सुगर, बल्ट प्रेसर, मृर्गौला सुनिने रोग, रोगलाई हेलचक्राई गरे बेलैमा उपचार नगरे मृर्गौलामा समस्या आउन सक्ने डा.पारस बताउनुहुन्छ । मृर्गौलामा समस्या भएको महुसुस भए तत्काल अस्पतालमा आएर चिकित्सकको सल्लाह अनुसार नियमित चेकजाच गर्न गराउन आग्रह गर्नुभयो ।

भेरीमा अहिले पनि ४० जना विरामिले मेसिनको अभावका कारण डाइलेसिसको सेवा पाउन सकेका छैनन् । डाक्टर पारसले भन्छन् ‘मेसिन थोरै छ विरामि धेरै हुनुहुन्छ, डाइलेसिस मेसिल चलाउन दक्ष जनशक्ति चाहिन्छ’, उहाँ भन्नुहुन्छ,– ‘हामि काहाँ दक्ष जनशक्तिको कमि छ त्यसैले पनि भने जस्तो सेवा दिन सकिरहेका छैनौ ।’

भेरी अस्पतालमा डाइलेसिस सेवा सरकारले नै निशुल्क गरिदिएको छ । तर निजि क्लिनिक तथा अस्पतालमा एक पटक डाइलेसिस गरेको ५ देखि ८ हजार सम्म शुल्क तिर्न पर्छ । विराम हेरेर डाइलेसिस हप्तामा ३ पटक सम्म गर्नुपर्ने हुन्छ ।

मृर्गौलालाई कसरी जोगाउने ? अहिलेको अवस्था के छ ? नेपालगन्जमा उपचार कत्तिको खर्चिलो छ लगाएतका प्रश्न भेरी अस्पतालका मृर्गौला विशेषज्ञ डाक्टर पारस श्रेष्ठलाई पत्रकार निशु जोशीले कुराकानी गर्नुभएको छ । विषेश कुराकानि भिडियो हेरौ ।

खगेन्द्र दाहाल

खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार