उपप्रमुख आचार्यमाथी मेसुको अभद्र ब्यवहार - Butwal Online
उपप्रमुख आचार्यमाथी मेसुको अभद्र ब्यवहार

बुटवल आषाढ ११ । लुम्विनी प्रादेशीक अस्पतालका मेडिकल सुपेरीटेण्डन्ट डाक्टर कृष्ण खनालले बुटवल उपमहानगर पालिकाका उपप्रमुख गोमादेवी आचार्य माथी अभद्र ब्यवहार गरेका छन ।


मदनभण्डारी फाउण्डेसनको आयोजनमा अस्पताल परिषर सरसफाईमा सहभागी हुन अस्पताल पुगेकी उपप्रमुख आचार्य माथी अभद्र ब्यवहार गरेको उप प्रमुख आचार्यले बताईन ।

मदन भण्डारी फाउण्डेसनले अस्पताल सरसफाईको आतिथ्यता गरिदिन आग्रह गरेकोले म त्यहा पुगेकी थिए , अस्पतालको परिसर फोहर देखेपछि वहालाई साथीहरुले सामान्य फोहर पनि ब्यवस्थापन नगरेको भन्नासाथ डाक्टर खनाल बम्कीनु भयो आचार्यले भनिन ।
पटक पटक बिरामी र कुरुवाहरु प्रति अभद्र ब्यवहार प्रर्दशन गर्ने गरेकोआरोप लाग्दै आएका खनालले यस पटक भने उपमहानगर प्रमुख आचार्य माथी ब्यवहार गरेका हुन ।


अस्पताल परिषरमा रक्सीका बोतलको डंगुर नै भेटिए पछि सरसफाईका लागि गएका मदनभण्डारी फाउण्डेसनका सदस्यहरुले अस्पतालमा फोहर मात्र होईन रक्सीका बोतलको डंगुर भेटीनु गम्भीर बिषय भएको बताए पछि डाक्टर खनाल आक्रोसित भएका थिए ।

अस्पातालको आकस्मिक कक्ष आसपास अत्यन्त फोहर भएको भन्दै त्यसको सफाईमा ध्यान दिन आग्रह गर्नासाथ मेसु खनालले तपाईले मलाई निर्देशन दिने होईन भन्दै निर्देशन फिर्तालिन चेतावनी दिएको सरसफाईका लागि अस्पतालमा पुगेका कुशल दिप क्षेत्रीले बताए ।
कुशल दिप क्षेत्री संगै बुटवल उपमहानगर पालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समेत डाक्टर खनालले फाउण्डेसनको टोलीमाथी असोभनीय ब्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा मेन्सन गरेका छन ।

खनालको ब्यवहारबाट आफु आश्चर्य चकित भएको बुटवल उपमहानगर पालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।
“अस्पताल फोहर भयो सामान्य सरसफाई गर्न सकिन्छनी डक्टर साव भन्ना साथ डाक्टर खनालले तपाईले सिकाउन पर्दैन तपाईले निर्देशन दिने होइन यो शव्द फिर्ता लिनुस भन्दै उप प्रमुख जस्तो जनप्रतिनिधी माथी अशोभनीय र दुःख लाग्दो ब्यवहार गरे” उनले भने ।

“साथीहरुले फोहर सफा गर्दै हुनुहुन्थ्यो मैले अत्यन्त फोहर देखेपछि फोटो खिच्दै थिए डाक्टर खनाल आएर फोटो नखिच फुच्चे भन्दै मेरो हातबाट मोवाईल खोसेर फाल्न खोजे मैलै उनको हातबाट जर्वजस्ती फिर्ता लिएं” कुशलदिप क्षेत्रीले भने ।

प्रदेश ५ का समाजिक बिकास मन्त्री सर्दशन बरालले उक्त घटनाबारे आफुले जानकारी नपाएको भन्दै मेडिकल सुपेरीटेण्डेन्ट जस्तो ब्यक्तीले त्यस्तो ब्यवहार गर्छन भन्ने आफुलाई नलागेको बताए ।

“मलाई जहा सम्म लाग्छ वहाले त्यसो गर्नु भएन तर गर्नु भएको रहेछ भने बसेर समाधान खोजिने छ” मन्त्री बरालले भने ।
डाक्टर खनालले यसअघि पनि अस्पतालमा भएको औषधी खरिद प्रकरणको छानबिन समितीको प्रतिवेदन माग गर्दै सुचना माग्न जादा पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे माथी समेत अभद्र ब्यवहार गरेका थिए ।


केही दिन अघि राष्टिय मानवअधिकार आयोग बुटवल कार्यालयको टोलीले समेत अस्पताल परिषर फोहर भएको भन्दै सफाईमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो ।
यस बिषयमा बुझ्न डाक्टर खनाल संग टेलिफोन सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन ।

कहांबाट आयो मदिराका बोत्तल ?

समान्यतयाः अस्पताल परिषर भित्र मदिरा ल्याउन र खान मात्र होईन बेचबिखन गर्न समेत पाईदैन । तर अस्पातल परिषरमा मदिराका बोत्तल भेटिए पछि खनालको ब्यवस्थापन नेतृत्वमा प्रश्न उठनु स्वभाविक छ ।

त्यती मात्र होईन अस्पातल र बिद्यालयको परिषर देखि ५ सय मिटर आसपास मदिरा र मदिराजन्य पदार्थ बेचबिखन गर्न पाईदैन तर अस्पालको परिषर भित्र रक्सीका बोत्तल भेटिनुले अस्पतालको लार्पवाही छर्लंग हुन्छ ।

अस्पतालका सबै प्रवेशद्धारमा सुरक्षागार्ड हुन्छन तर अस्पतालको परिषर भित्र मदिरा सेवन गरेर बोत्तल फाल्दा समेत पत्तो नपाउनु अस्पतालमा आउने बिरामी र तिनका कुरुवाको समेत सुरक्षा अवस्था कस्तो होला आशंका गर्न प्रयाप्त आधार तयार भएको छ ।
अस्पताल परिषर भित्र मदिराका बोत्तल भेटीनु समान्य बिषय नभएको भन्दै प्रदेश ५ का समाजिक बिकास मन्त्री सर्दशन बरालले यस बिषयमा छानबिन गरी कार्वाहीको दायरामा ल्याईने बताए ।

बरालले अस्पतालको निर्माण कार्य चलिरहेको हुदा अन्य ब्यक्तीहरु समेत प्रवेश गर्न सक्ने भएकोले त्यस्तो हुन सक्ने भन्दै ब्यवस्थापनको लार्पवाही बचाउ गर्ने प्रयत्न गरे ।
अस्पतालमा फोहोरको डंगुर संगै मदिराका बोत्तल भेटिएपछि आफ्नो लार्पवाही सार्वजनिक हुने डरले डाक्टर खनाल बिचलित भएर उपप्रमुख माथी त्यस्तो ब्यवहार प्रर्दशन गरेको हुन सक्ने सरसफाईमा सहभागीहरुले आशंका गरेका छन । श्रोत : समयचक्र डट कम

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार