एसईई परिक्षाको नतिजा सार्वजनिक - Butwal Online
एसईई परिक्षाको नतिजा सार्वजनिक

बुटवल, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

केही बेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

नतिजा www.see.ntc.net.np बाट पनि हेर्न सकिनेछ साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार