कृष्णनगर नगरपालिकाको वडा नं ८ र ९ खुल्ला दिशा मुक्त घोषणा - Butwal Online

कृष्णनगर, १२ असार । बहादुरगंज वासीको सान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न८, र ९ खुल्ला दिशा मुक्त घोषणा गरिएको छ ।


कृष्णनगर नगरपालिका वडा न ८ र ९ संयुक्त रुपमा एउटै सभामा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। कृष्णनगर नगरपालिकाका १२ वटा वडामध्ये ८ र ९ नम्बर वड़ालाई संयुक्त रुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ।

कृष्णनगर नगरपालिका वडा न ८,९ मा जम्मा घरधुरी १६७९ मध्धे ११५२ घरमा पक्कीचर्पी,१३५ घरमा कच्ची चर्पी,२८८ घरमा चर्पी रहेको छ भने ११४ घरधुरीमा चर्पी निर्माणधिन अवस्थामा रहेको सुआहाराका फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन ।


प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाकी रहेको हुनाले आ-अफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउना सहयोग गरिदिनु हुना कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुरोध गरेका थिए ।कार्यक्रम वडा न:८ का वडा अध्यक्ष नूर मोहम्द मुसालमानको अध्यक्षतामा सुरू भएको थियो ।

उक्त घोषणा कार्यक्रम अधिकृत राज प्रसाद त्रिपाठी, सुआहारा जिल्ला संयोजक लबहरि बुढाथोकी,राम चन्दर चौधरी, कमला सापकोटा, विभिन्न वडाका अध्यक्ष,तथा संचारकर्मीको उपस्तिथि रहेको थियो। कार्यक्रम संचारकर्मी शनि उल्लाह धोबीले संचालन गरेका थिए भने कार्यक्रमको समापन वडा न: ९ का वडाध्यक्ष राम मिलन चौधरीले दुबै वडा खुल्ला दिसा मुक्त घोषणा संगै कार्यक्रमको समापन गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार