एसइई परिक्षामा सामुदायिक विद्यालयतर्फ गुल्मीको रेसुङ्गा मा.वि जिल्ला प्रथम - Butwal Online
एसइई परिक्षामा सामुदायिक विद्यालयतर्फ गुल्मीको रेसुङ्गा मा.वि जिल्ला प्रथम
  • सागरले ल्याए ४ जिपिए
  • रमेश पराजुली
    बुटवल, १३ असार । देशभरिका सामुदायिक विद्यालयहरूले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भनेर आलोचना हुँदै गर्दा सबैका लागि जवाफ बनेको छ गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय ।

    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा रहेको यस विद्यालयबाट एसईई २०७५ को परीक्षामा सागर पुरीले ४ जीपीए ल्याउन सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए । पुरीले ४ जीपीए ल्याएसँगै गुल्मीका सामुदायिक विद्यालय तर्फ रेसुङ्गा मा.वि जिल्ला प्रथम हुन् सफल भएको छ ।

    यस विद्यालयमा अध्ययन गरेका १ जना विद्यार्थीले ४ जीपीए, ३३ जना विद्यार्थीले ३.६ भन्दा माथी, २१ जना विद्यार्थीले ३.२ भन्दा माथी र २५ जना विद्यार्थीले २.८ भन्दा माथी ल्याएको उनले जानकारी दिए । विद्यार्थीहरूको यो सफलता विद्यार्थी, शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रमको उपज भएको उनले बताए ।

    पुरी सानैदेखि पढ्नमा एकदमै रुचि राख्ने मिहेनती विद्यार्थी भएको विद्यालय प्रशासनले जनाएको छ । सामुदायिक विद्यालयतर्फ प्रथम भएपछि विद्यालयले आज हर्षोल्लास मनाउँदै एसइई परिक्षा २०७५ मा सफल हुने सबै विद्यार्थीलाई बजार परिक्रमा गराएको छ ।

    वि.सं. २०२५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा ११/१२ मा सिभिल इञ्जिनियरिङ पढाइ हुँदै आएको छ । एसईई परीक्षा २०७५ मा यस विद्यालय बाट कुल ८० जना विद्यार्थी सहभागी भएका थिए । गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका दर्लिङ स्थायी घर भएका सागरका बुबा ज्ञानकुमार पुरी रेसुङ्गा माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक हुन ।

    एसइई परीक्षा २०७५ को नतिजा विवरण हेर्नुहोस

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार