शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न हुँदैन– पुर्व राष्ट्रपति डा.यादव - Butwal Online

बुटवल, १३ असार । पुर्व राष्ट्रपति डा. रामबरण यादवले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियनद्धारा शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालले धेरै अन्तरराष्ट्रिय शान्ति सम्झौतामा हस्ताक्षर गरेकाले अन्तराष्ट्रिय क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम छिटो टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पुरा गर्नु पर्ने बताए ।

प्राकृतिक श्रोत र पर्यावरण जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताउदै पूर्व राष्ट्रपति डा. चुरेको अनियन्त्रीत दोहन नरोकिए जलवायु परिवर्तनमा थप प्रतिकुलता आउने भएकोले त्यस्तो कार्य तत्काल रोकिनुपर्ने आवस्यकता औल्याए ।

संबिधान मुलुकको राजमार्ग भएको भन्दै उनले राजमार्गमा खाल्डा खुल्डी परे बिस्तारै पुर्दै जानुपर्ने र यही संबिधान मार्फत सबै समस्या समाधान खोजिनुपर्ने बिचार व्यक्त गरे ।

युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार