फलफूलको विरुवा रोप्दै मन्त्री गिरिले गरे वृक्षारोपण वर्षको शुभारम्भ - Butwal Online

बुटवल, १४ असार। सरकारले आजदेखि वृक्षारोपण वर्षको औपचारिक शुभारम्भ गरेको छ। जननेता मदन भण्डारीको जन्मदिनको उपलक्ष्यमा आज देशभरी नै बृक्षारोपण गरि बृक्षारोपण दिवसको शुभारम्भ गरिएको हो।


प्रदेश न ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरिले पनि आज पाल्पा जिल्ला, ससस्त्र प्रहरी बलको पाल्पा गुल्ममा रहेको नाङ्गो डाडामा फलफुलको बिरुवा रोप्दै बृक्षारोपण बर्षको शुभारम्भ गरेका हुन्।

तानसेन नगरपालिकाका मेयर असोक साहि, dfo मोहन पौडेल, मुख्य मन्त्रालयका सचिव बसन्त अधिकारी, आर्थिक मन्त्रालयका सचिव किशोर जोसि , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्य, उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेल लगायतको उपस्तिथि रहेको थियो भने सबैले कागती, लप्सी,तेजपात लगाएत,जडिबुटीको बिरुवा रोपेका थिए।

हरेक जिल्लामा १,००० फलफुल लगाएत जडिबुटीको बिरुवा रोप्नेगरी १२,००० बिरुवा रोप्ने कामको शुरूवात आज बाटै भएको छ।

फोटो फिचर

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार